फिल्म एकेडेमिमा निश्चल र रीचा

भर्खरै स्थापना भएको एभरेष्ट फिल्म एकेडेमिले स्थापनाको छोटो समयमा नै चलचित्रकर्मिहरुको राम्रो साथ पाएको छ । नेपाली चलचित्र क्षेत्रमा सक्रिय र दिग्गज चलचित्रकर्मिको टिमले स्थापना गरेको यस एकेडेमिले आज बिधार्थिहरु संग अन्र्तक्रिया कार्यक्रम आयोजना गरि एकेडेमि , पढाइ शैली तथा कोर्षको बारेमा बिधाथिलाइ जानकारी गराएको छ ।

everst film academy

उक्त ओरेन्टेशन कार्यक्रममा निर्देशक निश्चल बस्नेत र रीचा शर्माको उपस्थिति पनि रहेको थियो । ओस्कर कलेजका बिधार्थि निश्चलले एक राम्रो कामको थालनि भएको कारण यो कदममा साथ दिन बिधार्थि माझ आएको बताए । यस्तै रिचा शर्माले पढाइ कहिल्यै नसकिने र सफल हुन पढ्नै पर्ने बिचार व्यक्त गरिन् ।

एकेडेमिका अध्यक्ष सुनिल थापाले लामो समय बिधार्थिका जिज्ञासा मेट्दैमा व्यस्त देखिए । कार्यक्रममा एकेडेमिका निर्देशक उज्वल घिमिरे , सिइओ प्रकाश पुरी तथा अध्यापन गराउने चलचित्रकर्मिले कोर्ष तथा सिकाइ शैलीको बारेमा जानकारी गराएका थिए ।
एभरेष्ट फिल्म एकेडेमिमा श्रावण १ गते बाट नियमित कक्षा सन्चालन हुने छ ।

Published at kollywoodupdate.com on Ashad 15,2073

Leave a Reply

Your email address will not be published. Required fields are marked *