फिल्म एकेडेमिका बिधार्थि गिरान्चौरमा , धुर्मुसले भने ‘अाफ्नै परीवार आए जस्तो लाग्यो’

Giranchur-basti-with-dhurmuधुर्मुस सुन्तली फाउन्डेसनले यतिबेला गिरान्चौर मा नमुना बस्ति निर्माण गरिरहेको छ । यतिबेला धुर्मुस सुन्तली फाउन्डेसनको समाजसेवा को कदर गर्दै सहयोगको लागी बिभिन्न संघ सस्था बाट अनुदान आइरहेको छ भने हरेक दिन सयौको संख्यामा श्रमदानको लागी गिरान चौर पुग्ने गर्छन् ।

चलचित्रका बिभिन्न बिधामा अध्ययन गरिरहेका एभरेष्ट फिल्म एकेडेमिका बिधार्थिहरु सोमबार गिरानचौर पुगी एकदिनको श्रमदान गरी फर्केका छन् । चलचित्रकर्मि तथा कलाकार बन्ने लक्ष्य राखि अध्ययन गरिरहेका बिधार्थि श्रमदानको लागि गिरान्चौर पुग्दा सिताराम कट्टेल धुर्मुसलाइ आफ्नै परिवारका सदस्य आए जस्तो लागेको बताए । गिरान्चौरमा कहिले आमा समुह , कहिले बिधालयका छात्रछात्रा , कहिले मजदुरहरु श्रमदानको लागि आउने गर्छन् ।
बिधार्थिहरु संग साक्षात्कार गर्दै कट्टेलले कलाकार पर्दामा मात्र रोलमोडल नभइ समाजमा पनि उदाहरण बन्न सक्नु पर्ने बताए ।

यस्तै एभरेष्ट फिल्म एकेडेमिका सिइओ प्रकाश पुरी धुर्मुस सुन्तली फाउन्डेसले गरेको काममा सहभागि हुन पाउँदा खुसि लागको बताउदै चलचित्रकर्मि बन्न चाहने बिधार्थिलाइ एकदिनको श्रमदानले समाजप्रति उत्तरदायीत्व हुन सिकाएको बताए ।
गिरान्चौर एकिकृत बस्ति मा अहिले ६५ वटा घर निर्माण भइरहेको छ । उक्त घरहरु दशै सम्म हस्तान्तरण गर्ने लक्ष्य राखिएको सिताराम कट्टेल धुर्मुसले कलिउड अपडेट लाइ जानकारी गराएका छन् ।
Source – KollywoodUpdate.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *