अभिभावकको रोजाइमा पनि फिल्म स्टडि

दयाराम घिमिरे , काठमाण्डौ ।

कुनै समय थियो फिल्मलाइ नौटंकिको क्षेत्र भनेर अभिभावकहरु भरसक आफ्ना छोराछोरी यस फिल्डमा नलागुन् भन्ने चाहना राख्थे । अझ महिलालाइ त फिल्म क्षेत्रमा प्रवेश गर्न धेरै चुनौति नै थियो । घरपविार बाट कहिल्यै सपोर्ट नभएर पनि संघर्ष गरेरै फिल्म खेलेको अहिले स्थापित भइसकेका नायीकाहरु को भोगाइ छ । महिलालाइ मात्र होइन पुरुषले पनि फिल्म लाइनमा काम गर्न घरपरिवार संग धरै संघर्ष गर्नु पर्ने अवस्था थियो । अभिभावक जुन क्षेत्रमा छन् त्यहि क्षेत्रमा आफ्ना छोराछोरी लागुन भन्ने सोच राख्थे । तर अहिले समय परिवर्तन भयो अनि अभिभावकको सोच पनि परिवर्तन भयो । पढाइ संगै अन्य कृयाकलापमा पनि छोराछोरिको लागि अभिभावकहरु बाटो खोज्न थालेका छन् । चलचित्रको पर्दा तथा टेलिभिजनको पर्दामा आफ्नो छोराछोरीलाइ हेर्ने अभिभावकको रहर बिस्तारै बढ्दै गइरहेको पाईन्छ ।img_4378

फिल्म स्टडिमा अभिभावकको रुचि बढ्दै जानु बास्तवमै सकारात्मक पक्ष भएको एभरेष्ट फिल्म एकेडेमिका प्रमुख सुनिल थापा बताउछन् । आफ्नो पाला सम्झदै थापाले पहिलेको अवस्था यस्तो भइदिएको भए फिल्म क्षेत्र अहीले सम्म धेरै माथि पुगीसक्ने दाबि गरे ।
भर्खरै उच्च शिक्षा सकाएका उमेश थापा आफ्ना बुबा टेक बहादुर थापा को साथमा एभरेष्ट फिल्म एकेडेमिमा एडमिसन गर्न लमजुङ देखि काठमाण्डौ सम्मको यात्रा तय गरे । छोरोको चाहनालाइ लत्याउन नसके पछि आफ्नो टाढा टाढाका नातेदार समेत नलागेको फिल्म लाइनमा छोरोलाइ भित्राउन उनि आफै एभरेष्ट फिल्म एकेडेमिको ढोका ढकढकाउन आइ पुगे । यस्तै बाग्लुङका व्यापारि सुधन कृष्ण श्रेष्ठ छोरा शुशान्त कृष्ण श्रेष्ठलाइ लिएर एक्टिङ पढाउन राजधानि आए र होष्टेलमा राखिदिए अनि एभरेष्ट फिल्म एकेडेमिको एक्टीङ्ग विधामा एडमिसन गराइदिए । छोरोलाइ ग्ल्यामर फिल्डमा हेर्न चाहेको र छोरोको चाहना पनि भएको कारण उसलाइ एक्टिङ पढाउन मन लागेको सुधनको भनाइ छ । काठमाण्डौ कै मैतिदेबिमा बस्ने स्नेहा न्याच्योन पनि आफ्नो आमा स्मिता न्याचोन लाइ लिएर एक्टिङ बिधामा एडमिसन गर्न एकेडेमि आइन् । यदाकदा थिएटरमा अभिनय गरेकि स्नेहाको क्यामेराको अगाडि अभिनय गर्ने रुचि देखेर आमा स्मिताले छोरीलाइ आफैले ल्याएर एडमिसन गराइन् ।img_4543

पछिल्लो समय नेपाली फिल्मको व्यापार बढ्दै गएको र अन्तराष्ट्रिय क्षेत्रमा पनि नेपाली चलचित्रले बजार बिस्तार गर्दै गएको कारण पनि यूवा पुस्ता चलचित्र क्षेत्रमा बढि आकर्षित भइरहेको चलचित्र निर्माता सुनिल रावल बताउछन् ।
टेक बहादुर थापा , सुुधन कृष्ण श्रेष्ठ र स्मिता न्याचोन जस्तै हरेक दिन फिल्म पढाउने स्कुलमा आफ्ना छोराछोरिको भबिष्य खोज्दै अभिभावक आउन थालेका छन् । यस्तै लामो समय देखि जापानमा बस्दै आएका दाङका अरुण बेलबासे पनि फिल्म स्टडिकै लागी जापान छोडि नेपाल फर्केर फिल्म एकेडेमीमा एडमिसन गरेका छन् । विदेशको तुलनामा फिल्म पढ्नको लागी नेपाल मा धेरै सस्तो हुने भएकाले विदेशी स्टुडेण्डहरुले पनी एड्मीसनको बारेमा बुझीरहेकोे एभरेष्ट फिल्म एकडेमिका सिइओ प्रकाश पुरीले बताए ।img_4571
चलचित्र क्षेत्रलाइ हेर्ने नजर संगै नेपाली चलचित्रमा पनि परिवर्तन भइरहेको छ । अध्ययन गरेर केहि गर्छु भनि आउने कलाकार पछिल्लो समयमा स्थापित भइरहेको ज्वलन्त उदाहरण देखिरहेका छौ । यतिबेला रहरले मात्र होइन पेशा नै बनाउन फिल्म स्टडि रोज्ने युवा जमातको संख्या पनि ठूलै छ ।
अहिले राजधानिमा दुइ ठुला फिल्म अध्यापन गराउने शैक्षिक सस्था एभरेष्ट फिल्म एकेडेमि र ओस्कार इन्टरनेशनल कलेज सन्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *